सरकारले आलोचना रोक्न सूचना विधेयक ल्यायो–जोशी

781
views

महेन्द्र जिसी
पर्वत, २, माघ । पर्वत नेकपा सरकारले जनभावना अनुरुप काम गर्न नसकेपछि आलोचना रोक्न सूचना विधेयक ल्याएको संविधान सभा सदस्य अजुर्न प्रसाद जोशीले बताएका छन ।संविधानको मर्म र भावना विपरीत दुई तिहाईको दम्भमा सरकारले जनताको अभिव्यक्ति स्वतान्त्रता कुल्चिएर तानाशाह फर्काउन लागेको जोशीले बताएका हुन ।

जनताको आलोचना सहन नसक्ने सरकारसँग घमण्ड बाहेक केही नभएको जोसीले बताए । जोशीले लोकतन्त्रमा जनताका सर्वेसर्वा हुने भन्दै जनताको आलोचना सहन नसक्ने सरकारले जनतालाई विकास नसक्ने बताए ।

नेपाली काँग्रेस क्षेत्रीय सभापति हरिदत्त तिवारीको स्मृति सभामा वोल्दै जोशीले जनभावनामा खेलवाड गरेर सत्तामा पुगेको नेकपा सरकारले झुट्टा आश्वासन दिन थालेपछि सामाजिक क्षेत्रमा विरोध उठ्न थालेको उक्त आलोचना रोक्न विधेयक हतियार बनाएको बताए ।

उनले बर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले पर्वत सदरमुकामका रेल, कालिगण्डकीमा पानी जहाज, घर घरमा ग्याँस पाईपका हावादारी आश्वासन बाँडेर जनताको मतमाथि खेलवाड गरीरहेको बताउँदै पुरानै सरकारका आयोजना शिलान्यास गरीरहेको दाबी गरे ।

संसदमा दर्ता भएको विषेश सेवा विधेयक र मिडिया प्रविधि विधेयकले सरकारको आलोचना गर्ने जो कोहीलाई पनि फसाउने रहेको बताउँदै सरकार सच्चिनुको सट्टा जनताको मतको अवमुल्यन गरेको जिकिर गरे ।

सरकारले गरेको वेथिती र विसंगतिका बारेमा जनतालाई जानकारी गराउँदै लोकतन्त्र जोगाउन कार्यकर्ता तयारी गर्न कार्यत्रर्तालाई जोशीले निर्देशन समेत दिए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक किशोरदत्त बरालले काँग्रेस रुपाण्तरण, संगठन र भावि कार्यदिशाका विषयमा जानकारी गराएका थिए ।

नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले कार्यकर्तालाई सक्रिय बनाउन प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताए ।

हरिदत्त तिवारी स्मति प्रतिष्ठान नेपालका प्रमुख संरक्षक एवम् महासमिति सदस्य गंगाधर तिवारीले समाजप्रति आफ्नो बुवाले देखाएको निष्ठा र कर्तव्य आफुले कहिल्यै नभुल्ने बताउँदै वावुको बाटोमा आँफु निरन्तर जनताको सेवामा क्रियाशिल रहेको बताए ।