गण्डकी प्रदेशमा क्षेत्री कलाकारहरु संगठित, अध्यक्षमा अखेली

1140
views

निर्मल पौडेल
पर्वत, ६, माघ । पर्वत कलाकारहरुको संरक्षण तथा अधिकारको पक्षमा काम गर्नको लागि भन्दै गण्डकी प्रदेशभित्रका क्षेत्री कलाकारहरु संगठित भएका छन् । नेपाली लोकगीत संगितको क्षेत्रमा लागेका गण्डकी प्रदेशका ११ जिल्लाका कलाकारहरु आईतबार पोखरामा भेला भएर क्षत्री कलाकार समाज नेपाल गण्डकी प्रदेश गठन गरेका हुन् ।

चर्चित गायक तथा सर्जक राजन कार्कीको संयोजकत्वमा लामो समय लोक गित संगित सँगै सञ्चार क्षेत्रमा कृयाशिल लोकप्रिय गायक कृष्ण अखेलीको अध्यक्षतामा १६ सदस्यिय समिती गठन गरेका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा रवि कार्की क्षेत्री, उपाध्यक्षमा सरस्वती लामिछाने क्षेत्री, महिला उपाध्यक्षमा तारा थापा क्षेत्री, सचिवमा सुरज वाग्ले क्षेत्री, सहसचिवमा सूदीप क्षेत्री, कोषाध्यक्षमा अनिता पन्त क्षेत्री, सहकोषाध्यक्षमा रीता कार्की क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यहरुमा पार्वती क्षेत्री, सुमन के सी क्षेत्री, रमेश कार्की ज्ञान क्षेत्री, सुमन खड्का क्षेत्री, रीना के .सी, नारायण दानी क्षेत्री र दीपक कार्की रहेका छन् । शुरुवातमा गण्डकी प्रदेशबाट क्षेत्री कलाकारहरु एकजुट हुन थालेको र अब बाँकी रहेका ६ ओटा प्रदेशमा पनि यस्तै खालका समितिहरु निर्माण गर्ने तयारी थालिएको संयोजक राजन कार्कीले बताए । समाजको गठन पश्चात वोल्दै अध्यक्ष कृष्ण अखेलीले अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कलाकारहरुको संरक्षण सँगै हकहितको पक्षमा सँधै अग्रसर हुने वताए ।

अखेलीले छाता संगठन निर्माण गरेर सबै कलाकारहरु एक ठाउँमा जुट्दा कुनै पनि कामलाई सफल पार्न सकिने र कलाकारहरुको संरक्षण तथा प्रवद्र्धनमा पनि सजिलो हुनेमा जोड दिए । कार्यक्रममा क्षेत्री समाज नेपालका वुद्धिजिवी,समाजसेवी तथा कलाप्रेमीहरुको समेत उपस्थिती रहेको थियो ।