‘सबैभन्दा पहिला हामी सिपाही’

854
views

काठमाडौं, ७, माघ । नेपाली सेनाले संगठनको प्रभावकारीता, गुण, ज्ञान सीप तथा सैनिक चरित्रको विकास गर्ने उद्वेश्यले सञ्चालन गरेको “सबैभन्दा पहिला हामी सिपाही’’ कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रमको प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबिच समापन गरेका हुन् । प्रधानसेनापति थापाले कार्यक्रमले संगठनको प्रभावकारीता अभिबृद्धि गर्न र संगठन भित्रका सम्पूर्ण सकलदर्जामा एउटै बुझाई, एउटै धारणा, अत्यावश्यक गुण, ज्ञान र सीप तथा सैनिक चरित्रको विकास गर्ने लक्ष्य लिएको बताए ।

उनले भने ‘२१ औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनुपर्दछ, र नेपाली सेनाको सिपाहीको एक विशिष्ट चरित्र हुन्छ भन्ने पक्षलाई आमनागरिक, समाज र राष्ट्रले देख्न र महशुस गर्न चाहन्छन् भन्ने कुरा को बोध गराउनु पर्दछ ।’

तीन महिनासम्म संचालन भएको ‘सबै भन्द पहिले हामी सिपाही कार्यक्रमले भविष्यको सैनिक निर्माण र विकासमा लिइएको उद्देश्य पुरा हुने समेत थापाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्राविधिक सेनानी मिन बहादुर बस्नेतले विभिन्न ज्ञान, सीप र क्षमता भएका नेपाली सेनाका सिपाहीहरु एकजुट भएर एक अर्कालाई सम्मान र एक अर्काको महत्व बुझ्नु पर्ने कुरा बताए ।

उनले ‘हामी प्राविधिक भन्नुभन्दा पनि हामी नेपाली सेनाको सिपाही’ हो भन्ने सोंचको विकास गर्नुपर्ने र विविध सेवामा कार्यरत सैनिक व्यक्तिहरुको सुधारको लागि सैनिक आधारभूत ज्ञान र नेतृत्व क्षमता विकासमा जोड दिनुपर्ने विचार व्यक्त गरे ।