पानारोमा अचेत अवस्थाका आठैजना पर्यटकको मृत्यु

553
views

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा बेहोस अवस्था भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको केरेलाबाट उत्तरी क्षेत्रको दामनमा घुम्नका लागि आएका उनिहरु आज बिहान बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थमा रहेका उनिहरुलाई उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पताल ल्याइएको थियो ।

अस्पतालका सिइओ अनिल ओडिलले बेहोस अवस्थामा रहेका ८ जनाको नै मृत्यू भएको पुष्टी गरेका छन् । १५ जनाको टोली आएका उनिहरु दुई कोठामा बसेका थिए । अचेत रहेका २ पुरुष, २ महिला, २ बालक र २ बालिका रहेको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको बताइएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन आइपुगेको बताइएको छ ।

मृत्यु हुनेमा वर्ष ३८ को रञ्जीत कप, ३४ की इन्द्र, ३७ को प्रविण, ३२ कि श्री सरीया, ५ की अभि, ७ की अर्चना, ५ बैष्णब, ९ की बद्रा रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरा नाम भने खुलेको छैन ।