च्यातिएको पालमुनी पाँचबर्षअघिका बाढीपीडित

1443
views

जितेन्द्र थापा
सुर्खेत, १२, माघ । कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगरबाट करिब आधा घण्टा हिडेपछि पुगिन्छ पश्चिम ब्रहाताल गाउपालिका–२ गिरिघाटमा सिरसिरे बतास खोलाको छेउमै बाढिपीडित बस्ति छ । घना जङगलको विचमा रहेको बस्तबस्तिको कठयाङिग्रदो जाडोमा छन् पीडितहरु ।

ब्रहाताल गाउँपालिका–२ गिरिघाटका विस्थापित बाढिपिडितहरु अहिलेपनि च्यातिएको पालमुनि रात विताउन बाध्य छन् । २०७१ साउन २९ गतेको बाढिपहिरोले ठूलो धनजनको क्षति भएपछि अहिलेउनीहरु ब्रहाताल गाउँपालिका २ गिरिघाटमा बसिरहेका छन् ।

पुरानो च्यातिएको प्वाँल परेको पालमुनि रात विताउन बाध्य छौं, राति सुतेको बेला ओछयानमै सित खस्छ, ओड्ने, ओछयाउने कपडा पनि छैन चिसोले निकै कठ्याङ्ग्रिनु परेको रुपलाल विकले बताए । उनले भने ‘सितका थोपाहरु तप तप शरिरमा पर्छ, राति निन्द्रा नै लाग्दैन कसरी सुत्नु पानीमा सरकार पीडित परिवारबाट बेपत्ता छ ।’’

देशमा सरकार भएको अनुभुति गर्न नपाएको बाढी पीडितको गुनासो छ । पेट पाल्नकै लागि र छोराछोरिलालाई कापी, कलम बनाउनलाई भएपनि गिट्टी कुटेर गुजारा चलाईरहेको स्थानिय ६७ वर्षिय कौशिला नेपाली बताउँछिन ।

उनीहरुले गिरीघाट कुरेको पाँच वर्ष पुगेको छ । नेताहरु भोट माग्दा सबै गरिदिन्छौं भने चुनाव जितेर गएपछि नाकमुखै देखाएनन्, संघ, प्रदेश, स्थानिय सरकार बाढीपीडितको सरकार होईन रहेछ भन्ने लागेको नेपालीको भनाई छ ।

अहिले त्यहाँ रानीघाट, थापाडेरा, सिस्नेरी, डोक्काबाट विस्थापित भई करिब दुईसय घरधुरी गिरीघाटमा चिसो खाईरहेका छन् । उनका परिवारहरु धुुवाँ र धुलो खाँदै सडक छेउमा महिलाहरु गिट्टी कुटेर गुजारा चलाईरहेका छन् । गिरीघाटमा बसेका बाढीपीडितले २०७१ श्रावण २९ गतेको बाढी पहिरोमा कसैले आफन्त र प्रायले आफन्त धन सम्मपति गुमाएका छन ।

चिसोका कारण उनीहरुका बालबच्चा र वृद्धवृद्धाहरु दिनप्रतिदिन विरामी पर्दै गएका छन् । पहिले पहिले विभिन्न संस्थाहरुले सहयोग गर्थे, अहिले संस्थाले पनि सहयोग गर्न छोडेपछि जङगली जनावरको त्रासमा भोकभोकै बाँचिरहेको विस्थापित विष्णु नेपालीले बताइन् ।