नापी कार्यालय पर्वतमा ह्विलमार्ग निर्माण

1801
views

पर्वत, २१, माघ । नापी कार्यालय पर्वतले अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यालय कक्षसम्म पुग्न अपाङ्मैत्री ह्विलमार्ग निर्माण गरेको छ । ह्विलचियरको माध्यमबाट कार्यालयका विभिन्न कक्षमा पुग्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई सहजता तुल्याउन गेटदेखी कार्यकक्षसम्म अपाङ्गमैत्री ह्विल मार्ग निर्माण गरिएको नापी कार्यालय पर्वतले जनाएको छ ।

ह्विल मार्ग निर्माणपछि ह्विलको सहायता लिनुपर्ने व्यक्तिहरुलाई कार्यकक्षसम्म पुग्नका लागि विभिन्न सेवा लिन सहज भएको कार्यालय प्रमुख ईन्जिनियर विशाल थापाले बताए ।

कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई दिसा पिसाव गर्नका लागि अपाङ्गमैत्री शौचालय समेत निर्माण गरेको छ ।