नेपालमा कोरोना भाइरस देखिएको छैन : ढकाल

654
views

काठमाडौँ, २१, माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका बारेमा उनले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको बताए ।

सन् २०२० जनवरी ९ मा चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको र नेपालमा अहिलेसम्म यो भाइरसको संक्रण्मा नदेखिएको मन्त्री ढकालले बताए ।

नेपालमा उक्त भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको मन्त्रिस्तरीयको बैठक दुई पटक बसेको र स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ ।

नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ३६२ को मृत्यु भएको छ । मृत्यु हुनेमा ३६१ चीनमा र चीनबाटै गएका एक नागरिकको फिलिपिन्समा मृत्यु भएको हो । कोरोना भाइरस चिसामा बढी र गर्मीमा सुषुप्त बस्ने देखिएको छ ।