सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा दुईपटक भूकम्पको धक्का

479
views

 बैतडी २५, माघ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।

पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको गएको हो।

पहिलो भूकम्पको केन्द्रविन्दु बझाङ र दोस्रोको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको शाहले बताइन्।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, अछामलगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको छैन।