अमेरिकामाथि नेपालको जित

833
views

काठमाडौं, २९, माघ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल शानदार जित निकालेको छ । नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित निकालेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

नेपाल र अमेरिकाबीच भएको खेलमा पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए । दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए ।

कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि अमेरिका ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो ।

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो । सन्दीपले ६ र भारीले ४ विकेट लिए ।