नेकपा सचिवालयको बैठक, कोरोनाबारे छलफल

488
views

काठमाडौं, ५, चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक केहीबेरमा बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित सहभागी हुने बैठक पहिलोपटक बस्न लागेको हो ।

सरकार र पार्टी संचालनमा ओली विस्तारै सक्रिय हुन थालेका छन् । उनलाई चिकित्सकले बालुवाटारमै बसेर आराम गर्न भनेपनि सिंहदरबार पुगिसकेका छन् ।