५० शैयाको ‘भरतपुर कोरोना विशेष अस्पताल’

855
views

चितवन, ७, चैत्र । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शैयाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । भरतपुर महानगरको अगुवाइमा अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले आजदेखि अस्पतालको सेवा शुभारम्भ हुने बताएकी छिन् ।

कोरोना संक्रमित आएको खण्डमा अस्पतालमा परिचालित हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ । अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था समेत गरिएको दाहालले बताईन् ।

अस्पताल निर्माणका लागि महानगरपालिका प्रमुख दाहालको संयोजकत्वमा १५ सदस्यीय कार्यद लबनेको छ । कार्यदलको प्रवक्ता डा भोजराज अधिकार छन् । अस्पतालमा छिट्टै १० श्ययाको सघन उपचारकक्ष र १० श्ययाका हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिँदैछ ।