कोरोना आशंकामा वीरमा भर्ना भएका दुईको मृत्यु

500
views

काठमाडौं, १७, चैत्र । कोभिड–१९ कोरोना भाइरस आशंकामा वीर अस्पतालमा भर्ना भएका एक पुरुषको मृत्यु भएको छ । करिब ३४ वर्षीय ति पुरुषको सोमबार मृत्यु भएको हो । सन्तुगलका ति पुरुष आइतबार अस्पताल भर्ना भएको चिकित्सकको भनाई छ ।

यस्तै आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाको वीर अस्पतालको आइसियुमा मृत्यु भएको थियो । नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्पतालबाट रेफर गरी वीर अस्पताल पठाएको थियो उनमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो । यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन्य समस्या नभएको अस्पताल स्रोतले जनाएको छ ।

केही समयअघि भारतबाट फर्किएका ति पुरुषलाई पनि स्वासप्रश्वासमा समस्या थियो । उनको पनि नमूना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । उनको रिपोर्ट आइसकेको छैन् ।