कोरोना महामारी र लक डाउनको संकट, युवा संघ पर्वतको मजदुरलाई सहयोग

649
views

निर्मल पौडेल
पर्वत, १७, चैत्र । राष्ट्रिय युवा संघ पर्वतले कोरोना कोभिड–१९ को महामारी र लकडाउनले निम्त्याएको संकटको वेलामा विपन्न परिवार लाई खाद्दन्न वितरण गरेको छ । ज्याला मजदुरी गरेर विहान वेलुका छाक टार्ने वास्तविक मजदुरहरुको लागि खाद्दन्न सहयोग गर्ने युवा संघ पर्वतको घोषणा अनुसार कुस्मा नगरपालिका ४ मा रहेका विपन्न तिन परिवार लाई खाद्दन्न वितरण गरेको हो । कुनपा ४ मा रहेका वुद्द परियार ,लक्ष्मी परियार र मनकुमारी परियारको परिवार लाई १/१ वोरा चामल,तेल, नुन र दाल मिलाएर प्रदान गरेको हो ।

साविक युवा संघ पर्वतका जिल्ला सचिवालय सदस्य विजया जोशी र अम्विका गुरुङ प्रधानको सहयोगमा उक्त सामाग्री युवा संग पर्वतले पीडितलाई सहयोग गरेको युवा संघ पर्वतका संयोजक थमनारायण पौडेलले जानकारी दिएका छन् ।

उक्त खाद्दन्न प्रदान गर्दै संयोजक पौडेलले कोरोना भाईरसको प्रकोपले निम्त्याएको विपत्तीको घडीमा थोरै भएपनी सहयोग पुग्ने हेतुले उक्त सहयोग प्रदान गरेको वताए । सहयोग उपलव्ध गराउन सहयोगी मनलाई युवा संघको तर्फवाट हार्दिक धन्यवाद व्यक्त गरे ।

नेकपा जिल्ला सचिवालय सदस्य शिवलाल सार्कीको सिफारिसमा वार्ड नम्वर ४ का अध्यक्ष लाई जानकारी गराई उक्त सामाग्री वितरण गरिएको हो । युवा संघले घोषणा गरेअनुसार आज पहिलो पटक खाद्दन्न वितरण गरेको र सम्पर्कमा आउने वास्तविक मजदुर लाई सहयोग गर्न तयार रहेको साविक युवा संघ गण्डकी प्रदेश सचिवालय सदस्य अर्जुन निर्जन पौडेलले वताए ।

निर्जनका अनुसार जिल्लाका सवै पालिकाका वास्तविक ज्यालामजदुरी गर्ने विपन्न र लकडाउनको वेला संकटमा परेकाहरु लाई सहयोग गर्न तयार रहेको वताएका छन् । सामाजिक दुरी कायम राख्दै यो विषम परिस्थितीमा निरन्तर सहयोगको लागि लागिपर्ने युवाहरुले प्रतिवद्धता जाएर गरेका छन् । खाद्यान्न वितरणमा जिल्ला संयोजक थमनारायण पौडेल, साविक गण्डकी प्रदेश सदस्य अर्जुन निर्जन पौडेल र कुस्मा नगर कमिटी सदस्य धु्रव श्रेष्ठको सहभागिता रहेको थियो ।