कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो

604
views

एजेन्सी, २६, चैत्र । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ । विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन् । भाइरसबाट १४ लाख २८ हजार ४२८ मा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३ लाख १९८ निको भएका छन् ।

अमेरिकामा थप २९ हजार ४१२ संक्रमित भेटिएका छन् । त्यस्तै १ हजार ९४२ को थप ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ ।

इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ । स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन् । त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा इटालीमा ६०४ को मृत्यु भएको छ । यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ ।

यससँगै चीनमा संक्रमित संख्या ८२ हजार ७१८ पुगेको छ । तर चिनियाँ सञ्चार माध्यम सीजीटीएनले भने ८१ हजार ८०२ रहेको उल्लेख गरेको छ ।