भारतले १९ किलोमिटर भू–भाग मिच्यो– परराष्ट्रमन्त्री

489
views

काठमाडौं, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिएका छन् । आइतबार अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन् । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको पनि बताए ।

उनले आफूहरुलाई नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको पूर्वजानकारी पहिल्यैदेखि थाहा भएको समेत जनाएका थिए ।

सरकारले सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी राष्ट्र भारतसँग सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको स्पष्ट पारे । उनले लिम्पियाधुराबाट उत्पत्ति भइ बग्ने कालीनदी नै महाकालीको वास्तविक उद्गम भएको र त्यसपूर्वका लिपुलेकलगायत कालापानी क्षेत्र नेपालकै भएको ऐतिहासिक प्रमाण, नक्सा, तथ्य र सुगौली सन्धिलगायत अन्य दस्तावेजले पुष्टि गरेको नेपाल सरकारको अडान दोहो¥याए ।

उनले वर्तमान सरकार नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको दोहो¥याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने पनि विश्वास दिलाए ।

समितिलाई सरकारको औपचारिक दृष्टिकोण प्रस्तुत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताए ।