कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी

455
views

काठमाडौं, ३, जेठ । धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएकी सुत्केरी महिलाको दाह संस्कारको तयारी गरिएको छ ।

ति महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् ।

उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो महिला हुन ।