नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

526
views

काठमाडौं, ७, जेष्ठ । नेपालमा दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमणको संख्या बुधबार ४२७ पुगेको छ । थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

बुधबार संक्रमित हुने बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म गरेर २५ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार सात महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। यसरी पोजिटिभ देखिनेमा बाँकेका ६, धनकुटाका पाँच, कपिलवस्तुका १३ र नवलपरासी पश्चिमका एकजना छन् ।

बाँकेका संक्रमित ६ जनामध्ये १७, २० २८, ३० र ४० वर्षीय पाँच पुरुष नरैनापुरका हुन् भने अर्का २७ वर्षीय पुरुष खजुराका हुन् । धनकुटामा पाँच संक्रमितमध्ये एक महिला र चार पुरुष छन् । २८, २९, ३५, ३७ वर्षीय पुरुष र २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी कपिलवस्तुका थप १३ जना संक्रमितमध्ये ३, ४ र ६ वर्षीय बालबालिका, १६ २५ र ३२ वर्षीया महिला, २२, ३५, ४८, १२, २० र २४ र ३४ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी बुधबार नवलपरासी पश्चिमका एक २६ वर्षीय पुरुषमासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।