पर्वतको कुल बजेट २ अर्व ५२ करोड ५९ लाख

873
views

पर्वत, १६, जेष्ठ । आर्थिक बर्ष २०७७/७८ का लागि पर्वत जिल्लाको कुल बजेट २ अर्व ५२ करोड ५९ लाख हुने भएको छ । अर्थ मन्त्रालयले विहिबार प्रस्तुत गरेको आगामी बर्षको बजेटमा समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान मार्फत उक्त रकम संघीय सरकारबाट जिल्लाका ७ वटा स्थानीय तहका लागि २ अर्व ५२ करोड ५९ लाख विनियोजन गरेको छ ।

उक्त बजेटमा कुश्मा नगरपालिकाले कुल ५१ करोड १६ लाख रुपैंया, फलेवास नगरपालिकाले ५३ करोड ७५ लाख रुपैंया प्राप्त गर्नेछ । यसैगरी जलजला गाउँपालिकाले २९ करोड २४ लाख, पैयू गाउँपालिकाले २५ करोड ५२ लाख रुपैंया प्राप्त गर्नेछन । यसैगरी जिल्लाको महाशिला गाउँपालिकाले २५ करोड १० लाख, मोदी गाउँपालिकाले ३८ करोड ४३ लाख र विहादी गाउँपालिकाले २९ करोड ३९ लाख रुपैंया प्राप्त गर्ने भएको छ ।

कुश्मा नगरपालिकाले समानीकरण अनुदान तर्फ १३ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३७ करोड २९ लाख र समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।

यसैगरी फलेवास नगरपालिको समानीकरण अनुदान तर्फ १० करोड ८ लाख, शसर्त अनुदान तर्फ ४१ करोड ३२ लाख विशेष अनुदान तर्फ २ करोड ३५ लाख र समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।

जिल्लाको जलजला गाउँपािलकाले समानीकरण अनुदान तर्फ ९ करोड ४२ लाख, शसर्त अनुदान तर्फ १९ करोड ८२ लाख रुपैंया प्राप्त गर्नेछ ।

जिल्लाको पैयू गाउँपालिकाले समानीकरण अनुदान तर्फ ७ करोड ९४ लाख, शसर्त अनुदान तर्फ १७ करोड ५८ लाख रकम प्राप्त गर्नेछ ।

महाशिला गाउँपालिकाले भने समानीकरण अनुदान तर्फ ६ करोड ७२ लाख, शसर्त अनुदान तर्फ १५ करोड ८२ लाख, विशेष अनुदान तर्फ १ करोड २० लाख र समपुरक अनुदान तर्फ १ करोड ३६ लाख रुपैंया प्राप्त गर्नेछ ।

यसैगरी मोदी गाउँपालिकाले समानीकरण अनुदान तर्फ ९ करोड ३१ लाख, शसर्त अनुदान तर्फ २६ करोड ९२ लाख विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान तर्फ

१ करोड २० लाख रुपैया प्राप्त गर्नेछ ।
विहादी गाउँपालिकाले समानीकरण अनुदान तर्फ ७ करोड ४९ लाख, शसर्त अनुदान तर्फ १७ करोड ९० लाख र समपुरक अनुदान तर्फ ४ करोड रुपैंया प्राप्त गर्नेछ ।

एच्इःइत्भ्म् ऋइल्त्भ्ल्त्ःनष्म