थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो, मृत्यु हुनेको संख्या ३० पुग्यो

517
views

काठमाडौं १७, असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप ४८२ जनामा संक्रमण पुष्टि र एकजनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।

अछाम रामरोशन गाउँपालिका–५ का ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो । उनी मधुमेहबाटसमेत पीडित भएको गौतमले जानकारी दिए । उनको मृत्युपछि लिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।