७४ हजार नगद सहित हेटौँडाबाट पाँचजना जुवाडे पक्राउ

870
views

हेटौँडा, १९, असार । लकडाउनको समयमा जुवा खेलिरहेका पाँच जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई मकवानपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा हेटौँडा ७ बाट ५ जना जुवाडेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा गएको प्रहरी टोलिले हेटौँडा–७ नागस्वतीमा रहेको मासुपसलबाट तास खेल्दै गरेका पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ का दिनेश गौतम, उद्धब खनाल, सुर्दशन खनाल, विकास गौतम र पुर्ण राज थिङ रहेको प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा समेत उनीहरुले नगदको कारोबार हुनेगरि जुवा खेलेको कारण पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको उनको भनाई रहेको छ । उनीहरुको साथबाट नगद रु. ७४ हजार समेत नियन्त्रणमा लिइएको छ ।