कस्तो अपराधिक मानसिकता ? धानवालीमा विध्वंश

1489
views

पर्वत, ६ साउन । पर्वतको पैंयु गाउँपालिका–३ बेउलीबासका रामप्रसाद भुसालको धानबालीमा बिध्वंश मच्चाउनेहरु अझै पक्राउ पर्न नसकेको जनाइएको छ ।

समाजमा थरीथरी अपराधिले आतंक मच्याएका छन् नै । त्यसबाहेक कोरोनाको भय उस्तै छ । अझ पछिल्ला केही दिनमा त बाढी पहिरोले मुलुकलाई झन बढी पीडा दिएको छ । यस्तो संवेदनशील घडीमा पनि धानबाली नष्ट जस्तो घृणित अपराध पर्वतको पैञ्यु र बेउलीबासमा भएको छ ।

केही दिन अगाडि अफ्रिकादेखि आएको सलह पनि त्यहि खेत माथिबाट पार गयो, केही भएन । पैञ्यु र विहादीको सीमामा पर्ने सिउँडीखोलाको सुसाईले पनि धानखेतीको रक्षा गरेकै थियो । तर असार ३१ गते राती केही ‘अपराधि’ हरुले धानवालीमाथि अचाक्लि गरे ।

असार ३१ गते राती क्याप्टेन रामप्रसाद भुसालको अन्दाजी ७ रोपनी धान खेत (७ हलको रोपाई र ३० मुरी जति उत्पादन) मा ढुङ्गा फाल्ने, उखेल्ने र उजाड पार्ने उदण्डता साउन १ गते बिहानै देखेपछि पीडित रामप्रसादले वडा कार्यालय हुँदै इलाका प्रहरीमा समेत निवेदन दिएका थिए । ‘म ७२ वर्षको भएं, कसैको केही नर्गनु गरेको छैन । मैले यस्तो विध्वंस देख्न परेको पनि थिएन, अहिले आफैले भोगे’ संसारन्यूजसँग उनको प्रतिक्रिया थियो । भुसालका अनुसार खेत रहेको केलुङ भन्ने ठाउँमा उनको गोठ पनि थियो । उनी साँझ ८ बजेसम्म त्यहि थिए तर बिहान एक्कासी त्यो घटना सुन्दा र देख्दा अचम्मै परेका थिए ।

सो घटनालाई लिएर पर्वतका राजनैतिक सामाजिक अभियन्ता तिलक अधिकारीले पीडितलाइ क्षतिपूर्ति र अपराधीलाई कारवाहीको लागि पहल गरिरहेका छन् भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तेजेन्द्र पौडेलले उक्त घृणित कार्य समूहद्वारा नै हुन सक्ने भएको भन्दै त्यस्ता आपराधिक समूहलाई कडा कार्वाहिको माग गरेका छन् ।

सो घटना सम्बन्धमा अष्ट ज अभियान नेपालका राष्ट्रिय परिषद सदस्य जनक भुसालले भने ‘बाली नष्ट गर्ने अपराधी जोसुकै भएपनि कारबाही गरिनु पर्दछ र कानूनको कठघरामा उभ्याइनु पर्दछ ।’

पीडित भुसालको खेतबाली नष्ट गरेको प्रकृति हेर्दा स्वभाविक छैन, उनकै धानखेत छानेर वितण्डा मच्याइएको छ । उनको साँध बिचका अरु ४ वटा गरामा क्षति पु¥याउने नियत खास देखिएको छैन भने भुसालको धानबाली भने जंगली पाराले नष्ट पारिएको छ ।

सो धानबाली नष्ट गराउने समूहको खोजी र कारवाहीका सम्बन्धमा इलाका प्रहरी मर्दिखोलाका प्रहरी निरीक्षक विजय चौधरी भन्छन् ‘हामीले उजुरी लिएर छानविन गरिरहेका छौँ, अझैसम्म त्यस्तो व्यक्ति वा समूहको पहिचान भैसकेको छैन, खोजी जारी छ ।’ सन्सार न्यूजबाट साभार