कोरोनाको अवस्था उस्तै, थप १५० मा संक्रमण पुष्टि

543
views

सीताराम थापा । नेपालमा तीन दिन लगातार कोरोना परीक्षण करीब ३ हजार ५ सयमा संक्रमित अवस्था प्रतिशतको हिसाबले उस्तै देखिएको छ । हिजो सोमबार १८६ जना देखिएको कोरोना आज मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको बताएका छन ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । यसरी सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो। यसरी परीक्षण दर कम र समुदायमा पनि परीक्षण गरींदा पनि जोखिम देखिएको छ ।

यसो त नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको ज्यान गइसकेको छ ।