ठाटीकाँधका १६ जनामा कोरोना, गाउँपालिका शिल

1380
views

जितेन्द्र थापा
सुर्खेत, ७, साउन । कोरोना भाइरस (कोभिड–१९) को दैलेख अस्पतालले गरेको कोरोना परिक्षणमा ठाटीकाँध गाउँपालिकाका १६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक मन्त्रालयअन्र्तगत स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दैलेखको ठाटीकाँधमा १६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण हुनेमा वडा नं १ का ३२ र ६० वर्षका दुई पुरुष, वडा २ का १४, २१, ४०, ४१, र ४४ वर्षका पाँच पुरुष ३० वर्षकी १ महिला र ठाटीकाँध वडा नं ३ का ५३ र ५६ वर्षका दुई पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संक्रमण हुनेमा वडा नं ४ का १७ वर्षकी १ महिला र ठाटीकाँध ६ का २५, २७, ३४, ३५ र ४२ वर्षका पुरुष गरि पाँच पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बुधबारमात्र ठाटीकाँधमा कोरोना सक्रमण हुनेको सङख्या १६ पुगेको जस्मा १४ जनापुरुष र दुइजनामहिला रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाका ४ वटा वडा मा १४ जना पुरुष २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएपछि ठाटीकाँध गाउँपालिकाका सम्पुर्ण वडाहरु शिल गर्ने तयारि भइरहेको र अहिले बजार क्षेत्रका सम्पुर्ण होटेल तथा पसलहरु बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताए ।