जनताले सबैलाई हेरिसके, यसपटक हामीलाई हेर्नेछन्, हामी नै यो देशका सच्चा सेवक हौं

1908
views

ईश्वरीप्रसाद गैरे, देजमोबाट मेयर पदका उमेदवार, तुलसीपुर उपमहानगरपालिका
स्वागत छ यहाँलाई ।

धन्यावाद । मेरा विचार राख्ने अवसर दिनुभएकोमा ।

चुनावलाई लक्षित गरी केकस्ता कार्यक्रम गरिरहनु भएको छ ?

हामी अहिले चुनाव प्रचार प्रसारको अभियानमा छौँ । यसका लागि हामीले सङ्गठन निर्माण र घरदैलो अभियानका रूपमा हाम्रो पार्टीका एजेण्डा लिएर यो संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई पनि एकैसाथ लिएर गएका छौँ ।

अहिले तपाईंहरू चुनावी एजेण्डा लिएर घरदैलोमा गइरहँदा मतदाताहरू के प्रतिक्रिया दिन्छन् ?

हामीसँगको भेटघाटमा मतदाताहरूले के भन्छन् भने चुनावको बेला मात्र राजनीतिक दलका नेता कार्यकर्ताहरू हामीलाई नमस्कार गर्दै भोट माग्न आउँछन्, जब चुनाव सकिन्छ तब जितेकाले त हामीलाई चिन्दा पनि चिन्दैनन् । हारेकाहरू पनि अर्को चुनाव नआउँदासम्म कुन दुलामा पस्छन् थाहा हुँदैन । जनताका समस्या ज्युँका त्युँ हुन्छन्, भनेर अधिकांश मतदाताहरूको गुनासो हुने गर्छ । अर्को कुरा उनीहरूले जुनसुकै दल र व्यवस्था भएपनि जनतालाई केही हुने होइन भन्ने जस्ता नकारात्मक प्रतिक्रिया बढि आउने गर्छ । साथै सकारात्मकमा समयको गति अनुरूपका विकासको गति भएन, यो चुनावले जनताको उन्नती हुने र देशमा शान्ति कायम गर्ने, युवाहरूलाई विदेशिनबाट रोक्ने योजना हुनु प¥यो भन्ने सुझाव पनि आउने गरेका छन् ।

शैक्षिक क्षेत्रमा धेरै समय व्यतित गर्नुभएको तपाईंले सार्वजनिक पदधारणमा चासो राख्नुको कारण ?

हो, मैले शैक्षिक क्षेत्रमा लामो अनुभव सँगालेको छु । यतिबेला मलाई मेरो पार्टीले यो चुनावमा उमेदवार बन्न आग्रह ग¥यो । म पार्टीको एउटा इमान्दार सिपाही हुनुको नाताले पार्टी आदेश मान्न पनि म यो सार्वजनिक पदका लागि चुनावमा आएको हुँ । अर्को कुरा शिक्षा क्षेत्रबाट पनि मैले जनसेवा गरेको हुँ । अब म मेरो अनुभवलाई यो पदमा रहेर पनि राष्ट्र र जनताको सेवामा एउटा इँटा थपियोस् भनेर मैले पार्टीको आग्रहलाई स्वीकार गरेर आएको हुँ । मेरो व्यैयक्तिक रुची र अरुचीको खासै महत्व म ठान्दिनँ ।

तपाईको उमेदवारी किन ?

मेरो उमेदवारी राष्ट्र र जनताको सेवाका लागि हो । म हिजोका दिनमा शिक्षण पेसाका रूपमा रहेर राष्ट्रसेवा गरेँ । यतिबेला पेसाबाट निवृत्त भएको छु । अब म मेरो बाँकी जीवन राष्ट्र र जनताको सोवामा लगाउन चाहन्छु । त्यसका लागि मेरो उमेद्वारी हो । अहिलेसम्मका अरू राजनीतिक दलहरूले राजनीतिलाई पेशा बनाए । त्यत्रो जनयुद्धमा समर्पित भएर आएको माओवादीको ठूलो हिस्सा माओवादीकेन्द्र समेत संसदवादमा भासिएको छ र उसले पनि राजनीतिलाई पेसा बनाएको छ र त्यसका नेता कार्यकर्ताहरू कमाउ धन्दामा लिप्त भएका छन् । मैले राजनीतिलाई सेवाकै रूपमा लिएको छु । त्यसका लागि मेरो उमेदवारी हो ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारलाई मतदाताले किन भोट हाल्ने ?

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०को संयुक्त मोर्चा हो । हामी नेपालमा जनगणतन्त्र स्थापना गर्न चाहन्छौँ । यो देशमा व्यवस्था र सरकार त धेरै फेरिए तर राणाकालदेखि यताका सबै व्यवस्थाहरूको वर्ग र चरित्र एउटै रह्यो । राज्यव्यवस्था परिवर्तन भएन । देशमा मात्रात्मक विकास र परिवर्तन त भयो, गुणात्मक भएन । राष्ट्र अझै पनि स्वाधीन बन्न सकेको छैन । जनतन्त्र र जनजीविकाको समाधान हुन सकेको छैन । हाम्रो मोर्चाले यो चुनावलाई क्रान्तिकारी परिवर्तनका लागि सङ्घर्षको एउटा कार्यनीतिक योजनाका रूपमा लिएको छ । अहिलेको चुनाव जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको हुनाले पनि हामी यसलाई जनसेवाको माध्यमका रूपमा लिएका छौँ र अन्य संसदवादी राजनीतिक दलहरूको खबरदारी गर्न, उनीहरूलाई भ्रष्टाचार गर्न र व्यथिति मच्चाउन नदिन पनि हामीले चुनावलाई उपयोग गरेका हौं । त्यसैले जनताको अग्रगामी विचारसहितको पार्टी भएकाले जनताले हाम्रो मोर्चाका उमेदवारहरूलाई भोट दिनु पर्छ र दिनेछन् भन्ने मलाई विश्वास छ ।

लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यसअघिका निर्वाचन गतिविधि र अहिलेको निर्वाचन गतिविधि प्रचारशैली कस्तो पाउनु भएको छ रु धेरै दलका उमेदवारहरूले निर्वाचन आचारसंहिता लत्याएर प्रतिस्पर्धात्मक तरिकाले गएको देखिन्छ नि ?

तपाइँले ठिक भन्नुभयो । आपूmलाई ठूला दल भन्नेहरूले आचारसंहिता उलङ्घन गरेका छन् । नेपालीमा उखान छ नि ‘जो अगुवा उही बाटोमा ‘।’ भन्ने । हो त्यही चरित्र प्रदर्शन गरेका छन् संसदवादी दलहरूले । उनीहरूले चुनावलाई जीत–हारको जुवाजस्तो बनाएका छन् । यसो गर्नुको कारण उनीहरू राजनीतिलाई सेवा नभई पेशा बनाएको हुनाले हो । पेसा त नाफा घाटासँग जोडिएको विषय हो । उनीहरू अहिले चुनावमा गरेको खर्च पछि राज्यको ढुकुटीबाट असुल्नतिर लाग्छन् । हार्नेहरूले अर्को चुनाव पर्खेर बस्छन् । संसदीय व्यवस्थाको यो अनिवार्य नियती नै हो । जहाँसम्म बिगतको चुनावी शैली र अहिलेकोमा के कस्तो छ भन्ने प्रश्न छ मैले मात्राको फरक होला गुण र चरित्रमा खासै भिन्नता देख्दिन । संसदवादको महारोग नै यही हो ।

तुलसीपुर उपमहानगरको मेयर पदमा चुनावी मैदानमा रहँदा आफ्नो जीत कत्तिको सुरक्षित ठान्नु भएको छ ?

राजनीतिक नीति, कार्यक्रम, योजना र विचार दृष्टिकोणका आधारमा हेर्ने हो भने हामी नै यो देशका सच्चा सेवक हौं । अन्य राजनीतिक दलहरूले चुनावी गुलिया नारा त दिन्छन् तर अहिलेसम्म त्यो लागू भएको छैन । ०४६ सालको परिवर्तनपछि चाहे त्यो कन्द्रीय सरकार होस् चाहे त्यो स्थानीय सरकार होस् सबै तहमा हालका सत्ताधारी पार्टीहरू काङ्ग्रेस, एमाले, राप्रपा, मधेशवादी भुरेटाकुरे दलहरू नै त सत्तामा छन् । जनयुद्ध लडेर आएको मुख्य शक्तिले पनि तीन पटक केन्द्रीय सरकारको नेतृत्व गर्ने अवसर पाइसक्यो । खोइ त उनीहरूले गरेको राष्ट्र र जनताको उन्नती र प्रगति रु खोइ त राष्ट्रको समृद्धि गर्ने स्पष्ट भिजन रु खोइ त उनीहरूको राष्ट्रप्रतिको इमान्दारिता र समपर्णभाव रु जनताले त केही पनि पाएको छैन । हिजोका दिनमा चप्पल पनि राम्रा लगाउन नसक्ने नेताहरू शहरमा महल ठड्याउने र प्राडो पजेरोमा गुडेकै छन् । देश र जनताको उन्नती, प्रगति र समृद्धि त केही पनि गरेनन् । राजनीतिक परिवर्तन भयो भनिन्छ तर देशबाट पाखुरा भएका र वौद्धिक युवाहरू दिनहुँ सयौँको सङ्ख्यामा विदेश पलायन भइरहेका छन् । राष्ट्रसेवामा लागेका उच्च तहका कर्मचारी, सांसद मन्त्रीहरूसमेत डिभि र पिआर भरेर बसेका छन् भन्ने समाचार त तपाईं मिडियाकर्मीहरूकै समाचारबाट हामीले थाहा पाउँछौं । पटक पटकका चुनावमा यिनै पार्टीका नेताहरूले जनतालाई गुलियो नारामा भुलाएर सत्तासिन भएका छन् । त्यसैले अब सचेत जनताले हामीलाई रोज्छन् भन्ने मलाई विश्वास छ ।

मतदाताहरूले हाम्रालाई भन्दा राम्रालाई भोट दिने प्रतिक्रिया दिँदै आएका छन् अब ईश्वरीप्रसाद गैरेलाई नै किन भोट दिनु पर्ने ?

यो प्रश्नको जवाफ मैले अगाडि नै भनिसकेँ । म लाखौँ करोडौँ खर्च गरेर जनताको भोट किन्न जाँदै छैन । मैले संविधानप्रदत्त जनताको मौलिक अधिकारको प्रयोग गरेर म जनताकै सेवाका लागि मैदानमा खडा भएको व्यक्ति हुँ । सचेत नागरिकले पैसा र प्रलोभनमा बिकेर होइन कि राष्ट्रसेवा गर्ने इमानदार, कर्तव्यनिष्ठ व्यक्ति र पार्टीका रूपमा हामी आएको हुनाले मलाई भोट दिनेछन् । जब चुनावमा लाखौँ करोडौँ खर्च गरेर नाङ्गो र अस्वस्थ प्रतिस्पर्धामा कोही आउँछ भने जनताले बुभ्mनु पर्छ कि त्यहाँ व्यापार चलिरहेको छ ।

तुलसीपुरलाई विकसित र समृद्ध बनाउने के कस्ता एजेण्डा छन् तपाइँसँग ?

हामीले अरू पार्टीले जस्ता अस्वाभाविक र उडन्ते सपना जनतालाई बाँडेका छैनौ र बाँड्दैनौँ पनि । पहिलो कुरा त गरिबी, अशिक्षा, बेरोजगारी र जातीय, क्षेत्रीय एवम् लिङ्गीय असमाताले पारेको विभेदको अन्त्य गर्नु हाम्रो मुख्य एजेण्डा रहेको छ । दोस्रोमा सुकुम्वासी समस्या, अव्यवस्थित वसोबास, अनुत्पादक र राज्यलाई भार पर्ने क्षेत्रको वसोवासलाई व्यवस्थित गर्ने हाम्रो योजना रहेको छ । त्यसपछि यो नगरवासी जनताको पहुँच र नगरको आर्थिक सामथ्र्यका आधारमा प्राथमिकताको सूचि बनाएर विकास निर्माण गर्ने हाम्रो एजेण्डा रहेका छन् । त्यसका लागि कृषि, सिंचाई, खानेपानी, स्वास्थ्य, शिक्षा, उद्योग, ब्यापार, आवास र पर्यटन जस्ता आधारभूत कुराको व्यवस्थित योजना निर्माण र क्रमागत विकास हाम्रो एजेण्डा रहेका छन् । जुन कुरा हाम्रो मोर्चाले सार्वजनिक प्रतिवद्धतामार्फत् आम मतदाताको घरघरमा पु¥याइसकेको छ ।

तपाइँले चुनाव जितिसकेपछि तत्कालै सुरु गर्ने काम के के हुनेछन् ?

हामीले चुनावी घोषणामा अघि सारिएका मैले अघिल्लो प्रश्नमा दिएका एजेण्डाहरूलाई प्राथमिकताको सूचि बनाएर कामको थालनी गर्ने छु । पहिले सुकुम्बासी समस्या र अव्यवस्थित वसोबास समाधानको प्रस्तावलाई अगाडि बढाउने छु । यसले स्थानीय सरकारको राजस्व पनि सङ्कलन गर्नेछ । त्यसपछि कृषि क्षेत्रका सबै पुर्वाधारका कामहरू, खानेपानी, बजार व्यवस्थापन, रोजगारीका लागि भौतिक पूर्वाधारहरूको क्रमागत सूचि बनाएर लागु गर्ने, र अवैध जग्गा प्लटिङ रोक्ने र कृषियोग्य जमिन छुट्याई कृषि र किसानलाई प्राथमिकतामा राख्ने हुनेछन् ।

अन्त्यमा केही छुटेको कुरा ?

सबै समेटिएको जस्तो लाग्छ । खासै थप भन्नु केही छैन । राज्यले संवैधानिक अधिकारलाई उल्ङ्घन गरेर हामीलाई निरङ्कुशता लगाएर दलको मान्यता नदिएको हुनाले एउटै चुनावचिन्ह लिएर पहिला नै मतदाता समक्ष पुग्न पाएका छैनौँ । हामी उमेदवारी दिएपछि चुनाव चिन्ह लिएर मतदाता समक्ष आउने छौँ । सबै राजनीतिक दलहरूलाई जनताले हेरिसकेका छन् यसपटक हामीलाई सेवा गर्ने अवसर दिनेछन् भन्ने मलाई पूर्ण विश्वास छ । moolbato बाट