सडक, शिक्षा र खानेपानी प्रमुख प्राथमिकता

3095
views

दैलेखको ठाटिकाँध गाउँपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा गाउँपालिकाले के कस्ता कामहरु गरिरहेको छ ? भावि योजनाहरु के के हुन ? गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीसँग नवदृष्टिकर्मी जितेन्द्र थापाले गरेको कुराकानी ।

♦ तपाई गाउँपालिकामा निवार्चित भएर आउनु अघि कस्तो थियो ? अहिले कस्तो छ ?

म गाँउपालिकाको अध्यक्ष हुँदाखेरि हाम्रो राष्ट्रिय स्तरका सडक प्रदेश स्तरका सडकहरु शुन्य थियो । एउटामात्रै ठाँटीकाँध गाउँपालिकामा जाने सडक थियो । त्यो सडक २०७४/७५ मा हामीले नयाँ सडक १५.२ किलोमिटर बनायौ । ३९.८ किलोमिटर सडक स्तरोन्नति भयो । २०७५/७६ मा ३६.६ किलोमिटर नयाँ सडक निमाण भयो १६.२ किलोमिटर पुरानो सडकलाई स्तरोन्ति भयो । त्यसपछि त्यो सबै गर्दा १०५ किलोमिटर जति ०७४/७५ र ०७५/७६ यस्तो सडकमा राम्रा किसिमका सडकहरु बनाएका छौ, हामीले बनाएका सडकहरु कम्तिमा पनि ५० वर्षसम्म चौडाई गर्न पर्दैन, ग्रेड मिलाएका छौं । सहज रुपमा सडक बनाएका छौं । ति सडकहरुमा अब नाला बनाउन मात्र बाँकी छ । ग्राभिल गरेर हामी अगाडि बढ्छौं । वडा नं ४ लाई पनि सडक सञ्जालसंग जोडेका छौं । जो सबैभन्दा विकट टाढा थियो र वडा नं २ वडा केन्द्र राखेको ठाउँसम्ममा सडक जोडिएको छैन यो वर्ष जोड्छौं हामी ।

♦ अहिले गाउपालिकामा शिक्षाको अबस्था के छ ? शिक्षाको लागि के कस्ता प्रयास भइरहेका छन् ।

शिक्षाको सन्दर्भमा हामीले सबै वडामा एउटा लिडर हाईस्कुल बनाउने र अरु फिडर स्कुलको रुपमा विकाश गर्ने लक्ष्य राखेका छौं । ५ वटै वडामा हाईस्कुल र अरु फिडर स्कुलको रुपमा विकाश गर्ने हिसाबले हामी लागि राखेका छौं । पहिले विद्यालयमा विद्यालयमा वालविकास केन्द्रहरु थिएनन् । अहिले १३ वटा वालविकास केन्द्रहरु स्थापना गरेर शिक्षा क्षेत्रमा सुधार गर्ने प्रयास गरेका छौं ।

♦ तपाई निर्वाचित भएर आईसकेपछि विकाश निर्माणमा तोकिएका प्रमुख प्राथमिकता वा क्षेत्रहरु कुन कुन हुन् ?

पहिले प्राथमिकतामा हाम्रो सडक नै हो । हामीले सडकलाई मेरुदण्डको रुपमा रहेको हुनाले मैले पहिले र दोस्रो वर्ष गरि १०७ किलोमिटर सडक स्तरोन्नतिर ५६ कि मी चौडाई गरयौं । दोस्रो प्राथमिकतामा हाम्रो शिक्षा हो । शिक्षालाई पनि हामिले व्यबस्थित गर्ने प्रयास गरेका छौं । तर, हामीसँग रकम त्यति हुँदैन सामान्यिकरण रकमबाट शिक्षक व्यबस्था गर्नुपर्छ ।

तेस्रो नम्बरमा हामीले स्वास्थ्यलाई राखेका छौं । हामीले स्वास्थ्यलाईृ पनि व्यबस्थित गर्न खोजेका थियौँ । पहिले तिनवटा ठाउँमा मात्र बर्थिङ सेन्टर थिए, अहिले ७ वटा ठाउँमा बर्थिङ सेन्टर त्यो पनि सुरक्षित सुत्केरी गराउने व्यबस्था सहितको सबै वडामा बनाएका छौं । वडा नं ३ को माचखर्कमा बनाउन बाँकी छ त्यो पनि चाडैँ बनाउँछौं । हामीले गाउँपालिकाबाट करारमा स्वास्थ्यकर्मीहरु नियुक्ति गरेर त्यो पनि बनाएका छौं ।

चौथो नम्बरमा खानेपानीलाई राखेका छौं । गाउँपालिकाकै ठुलो खानेपानी आयोजना अहिले ठाटिकाँध डाँडाँमा हामीले २६७ धाराको १२ कि.मि. लम्बाईको एउटा खानेपानी बनाएका छौं । प्रतिसेकेण्ड ३ लिटरका दरले आउँछ । ९ वटा रिभलवाल्ट टयांकी छन् । २६७ वटा धारा बनाउने गरेर निर्माण गरेका छौं । अहिले १८१ धारा मात्र बनेका छन्, ति धारा पनि हामी लगत्तै निर्माण गर्छौं ।

♦वडा नं २ को टोम्टाल्ला, भिमपाईलामा खानेपानिको निकै अभाव छ अहिले त्यहाका मानिसहरु पुरानै धाराको पानी पिउन बाध्य छन् त्यहाँका बासिन्दाले पानी कहिलेसम्म पाउँछन् ।

खानेपानीको समस्या साविकको ३ ४ नं वडामा हो । समस्या अरु ठाउँमा छैन पहिले साविकको ३ र ४ मा खानेपानीको समस्या छ त्यो आपसी विवादले खानेपानी उपलब्ध गराउन सकिएको छैन । त्यस्लाई उच्च प्राथमिकतामा राखेका छौं । र अर्को समस्याको रुपमा रहेको साविकको वडा नं ५ को भिमपाईलामा रहेको छ । साविककै लकान्द्रको वडा नं ५ को भिमपाईला खानेपानी आयोजना रहेको थियो । त्यहाँ पानी ल्याउनको लागि टाढाबाट ल्याउनुपर्छ निकै समस्या छ । त्यस्का लागि हामीले आगामी वर्ष यसमा लागेर त्यो समस्या पनि समाधान गर्छौं । अहिले चखधचmउ मार्फत २ वटा योजना छन् र अरु ६ वटा योजना दिएका छौं । त्यस्तो गर्यौं भने हाम्रो खानेपानीको समस्या आधाभन्दा बढि हट्छ । त्यसका लागि पहिलेभन्दा राम्रो गर्ने प्रयास गरेका छौं । जति हुनुपर्ने हो त्यति बनाउन सकेका छैनौ । हाम्रो कार्यककालसम्म ति कुराहरु समाधान गरेर जान्छौं ।

♦ मदिराको रकम अहिलेसम्म सार्वजनिक भएन किन ?

त्यो रकम समितिले राखेको छ । २ लाख ७६ हाजार रुपैयाँ हामीसँग छ त्यसमा मदिरा खाएको चेक गर्ने रुपमा मानिसहरु समात्दाखेरी प्रहरिलाई उनिहरुले गरेको दुःख गरेको रुपैयाँ पहिले १४ प्रतिशत थियो पछि २० प्रतिशत इन्सेन्टिभको रुपमा बढ्दा प्रहरीलाई पनि दिनुपर्यो र अरु पैसा समितिका अध्यक्ष लोग बहादुर थापासँग छ सबै टोटल गर्दा ४ लाख जति उठेको थियो । मंसिरमा नै सार्वजनिक गर्न खोजेको कामको चापाचापले हामीले सार्वजनिक गर्न सकेनौ । क–कस्ले पैसा तिरेका छन्, कति बचत छ, सबै विवरण राखेका छौं । विषेश गरि वडा १, २ र ६ का महिलाहरुले दु:ख गरेका छन् उनिहरुकै एउटा साझा खाता खोलेर उनिहरुकै नाममा बैङकमा खाता खोलेर राख्ने भनेका छौं । ताकी उनिहरुले कुनै सामाजिक काम गरुन भन्ने सोंच छ । अब हामीले त्यो सार्वजनिकसँगै मदिरा नियन्त्रण पनि गर्नेछौं । राम्रो काम गर्दागर्दै पनि समाजका केही फटाहा मान्छेले गर्दा नियन्त्रण गर्न नसकिएको हो । अब हामी चाडैँ मदिरा नियन्त्रणसँगै उठेको रकम सार्वजनिक गर्छौं । अहिले यहाँको पैसा बाहिर गैरहेको छ, त्यो पनि मदिरा कस्तो छ भने मान्छेले खान लायक नहुने मदिरा आएको छ । क्वालिटीहिन छ । कसैले उत्पादन गरेको पनि त्यति गतिलो खालको छैन । लोकल पनि उत्पादन गर्ने गरिरहेका छन् यि सबै कन्टो«ल गर्ने कुरामा हामी लाग्ने छौ । अरु नागरिकले हामिलाई सहयोग गर्नुपर्छ । समाजमा केही राम्रो काम गर्दा अबरोध अबश्य हुन्छ त्यस्ता अबरोधलाई उछिनेर अगाडि बढने छौं । हामीले यो आउँदो माघसम्म मदिरा नियन्त्रण र रकम सार्वजनिक गर्छौँ ।

♦ विकाश निमार्णको शिलसिलामा काम गर्दै गर्दाको अबस्थामा के कस्ता चुनौतिहरु भोग्नु गरेको छ ?

अहिले हामीलाई चुनौति के छन् भने पहिले १०/१५ वर्षका केही जनप्रतिनीधिविहिन अबस्थाका कर्मचारीहरु र गाउँका टाठाबाठाहरु मिलेर कागजमा योजनाहरु बनाउने त्यसपछि रुपैयाँ दुरुपयोग गर्ने काम नगर्ने त्यस्तो किसिमको परम्पराको विकाश भएको रहेछ । अहिले के भएको छ भने त्यो खुलिरहेकै छन् । जनाताहरुले हैन कि टाठाबाठाहरुले गाउँका फटाहाहरु अनि त्यस्ता मान्छेहरुले यसरी रुपैयाँ खान खोजिरहेको बेलामा हामीले त्यस्लाई अबरोध गर्न खोज्दा विरोध हुने गरेको छ । चर्को आलोचना त मेरो भएको छ । तर पछिल्लो समयमा कर्मचारी साथिहरुले पनि राम्रो सहयोग गर्दै आउनुभएको छ । यिनै हुन चुनौति हामी यस खालका चुनौतिलाई समना गरेर अगाडि बढिरहेका छौं ।

♦ पर्यटकिय क्षेत्रका लागि के कस्ताप्रयास भएका छन् ? अमगामी दिनका लागि के कस्ता योजना रहेका छन् ।

हामीकहाँ थुप्रै पर्यटकिय स्थलहरु छन् । तिनको विकाशमा लागिपरेका छौं । यहाँ मदानताल, ठुलिछडा, भिमपाइला, नाखे गुफा, बुकि, विजारे, लागायत थुपै छन् । यसको विकासका लागि हामीले मदान ताल, ठुलिछडिलाई व्यवस्थित गर्न खोजिरहेका छौं । त्यहाँ सडक पुर्याउने योजना बनाएका छौं । भिमपाईलामा रहेका भिम गुफाहरुको व्यबस्थापन गर्न खोजिरहेकै छौं । हाम्रो गाउँपालिकाभित्र थुप्रै हेर्न लायक पर्यटकिय स्थलहरु छन् । मदानतालदेखि भैरवीसम्म जोड्ने त्यसपछि मदानताल नाखे गुफा बुकि, सुकानेको माथि विजारे, भिमपाईला, ठुलछिडि, मालिका मन्दिरमा एउटा पर्यटन सर्किटको रुपमा पनि प्रस्तावित गरेका छौं ।

♦ जनप्रतिनधिमार्फत व्यापक भ्रष्ट्राचारको आरोप छ नि ! के भन्नुहुन्छ ?

यसमा म के भन्छु भने यो भ्रष्ट्राचार गरे पनि नगरे पनि भन्ने एउटा थेगो बनेको छ । मान्छेहरुले भ्रष्ट्राचार गरे भन्छन् । तर, म भन्छु भ्रष्ट्राचरको अन्त्य गर्ने सुरवात हामीले गरेका छौं । भ्रष्ट्राचार गर्यो भन्ने कुराहरुमा मसहमत छैन र हुन पनि सक्दिन । यो एक किसिमको अफवाहा हो । मान्छेले यर्थाथ कुरा भन्नुपर्छ कहाँ कति भएको छ भनेर । हामी सडकमा धेरै लाग्यौँ हामीले १० करोड जति सडकमा खर्च गरयौं । १० करोड खर्च गर्दा ५१ किलोमिटर सडक कुन ठाउँमा छ कस्ले बनाएको छ, त्यस्तो किसिमको सडक कसैले बनाएजस्तो लाग्दैन मलाई अनि हामीले ५६ कि.मि. सडक स्तरउन्नति गर्यौँ । यस्ता किसिमका सडकहरु कसले बनाएको छ मलाइ देखाए हुन्छ । सडक डिभिजनले पनि यति यति थोरै रकममा हाम्रो जस्तो सडक बनाएर देखाए हुन्छ । म चुनौतिकासाथ भन्छु हामीले ग्रेड र चौडाई मिलाएर ५६ किमी सडक स्त्तरउन्नति गरेका छौं जुन त्यत्तिकै सुरक्षित पनि छ । कसैले यहाँभन्दा राम्रो बनेको देखाईदेओस् न त । अनि यसमा पनि भ्रष्टाचार भयो भन्ने कुराहरुबाट असाध्यै दिक्क लाग्छ । यो मानसिक रुपमा असन्तुलन भएका मान्छेहरुले बोल्ने कुरा हो, यस्तो कुरा तिनिहरुले मात्र बोल्ने गर्दछन । अर्को कुरा भ्रष्ट्राचार भएपनि कहाँ भएको हो ? के मा भएको हो ? कति भएको हो ? यथार्थ नबोल्ने् जे गरेपनि भ्रष्ट्राचार गर्यो भन्या छ त्युस्ता असन्तुलितसँग मेरो के भनाई छ र ? जस्को दिमागै छैन जो यर्थाथमा जानै चाहदैनन् हावामा कुरा गर्छन त्यस्तासँग के कुरा गर्ने ? उनीहरुका लागि मेरो कुनै प्रतिक्रिया छैन ।