सिमानामा धोती

1121
views

देशको सिमाना खोसिदासम्म
चाल नपाउने टाउकोमा बसेर पुरै
बुद्धि ढाकेको टोपिले
आफुलाई बुद्धिमान सम्झिरहयो।।

कम्मर भन्दा तलको सिमा बचाउन
लडिरहेको धोतिलाई बहादुर कहिलेसम्जिएन ।।

-हेमराज भट्टराई
महावु १, दैलेख

भेषभुसा,रहनसहन र पहिरन
फरक भएकै कारण
चार जात छत्तीस बर्णको
फुलबारी मध्यको एउटा
फुल मेरा पुर्खा हुन ।।

जसको एउटा बीउ
म हुँ जो म धोती हुँ ।

बिहानको घामको जोतिसँगै
म धोती,भएर जीवन जिउन
टाउकोमा नाम्लो बोकेर
सिमाना वारपार गरे
साझ परेसी नेपाली
बनेर सिमानाको झुप्रोमा
घुर्तुक निदाए ।।

सिमान वारपार गरेझै म निदाउदाको
सास भित्रबहिर फाल्दा सुन्न
कोहि न मेरो झुप्रोमा छिरे
न मलाई चिने ।।

देशको मायाले सुकेको जिउ
छिमेकिको लात्तिको चोटले खुईलिएको
तालु,श्रमले बदलिएको मेरो रङ
पहाडियाको नजरले च्यातिएको
धोती जो मेरो पहिचान ।।

धोती लगाएकै कारण
सरकारले मलाई यो देशको
नागरिक प्रमाणित गर्न सकेन।
फेरि पनि धोतिको फेर कसेर
सिमानामा जङ्गी पिलर झै उभिए ।।

न जन्मिदा जन्मदर्ता पाए
न खेती गर्ने खेतको लालपुर्जा पाए
न मर्दा मृत्युदर्ता पाउने आशा छ ।
बस पहाडीयाको हलिया
भएर कमाएको धोती लाएर
म धोती भए ।।

आमा च्यातिदाको पिडा धोती
च्यातिनेलाई थाहा हुन्छ ।।

उहिले डाडा पारी पुगेको
घाम अस्ताउन नपाउदै
सिमानाको युद्धमा मेरा बा
अस्ताएका थिए ।।

ठिक त्येही रात म यो मात्रीभुमिमा
जुन बनेर उदाएको थिए त्येसैलेत
मेरो पुर्खा र म हाम्रो देशको
झण्डामा सदाको लागि
चन्द्रसुर्य बनेर रहौँ ।।

आज फेरि त्येही डाडाँमा
घाम अस्ताउनै लागेको छ ।
ठिक यहि समय एक बीउ छोडेर
युद्ध लड्न म सिमानामा उभिएको छु ।।

खबरदा म अस्थाएपछि जो
यो सिमानामा उदाउनेछ
उसको न कुनै नाम हुनेछ
न बदलिनेछ पहिचान बस
जो जन्मनेछ सिमाना
धोती जन्मनेछ ।।