देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै

705
views

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आज शनिबार देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।