दुई सातापछि देउवालार्ई बालुवाटार सर्ने साइत

695
views

काठमाण्डौ । प्रधानमन्त्री भएको दुईसातापछि मात्र देउवालाई सरकारी निवास बालुवाटार सर्ने साईत जुरेको छ । ज्योतिषको सल्लाह अनुसार असार ५ गते सोमबार साmँ ५ बजे अघि देवालाई साईत जुरेको हो । ज्योतिषीले दिएको सल्लाहकै कारण प्रधानमन्त्री देउवाले आफ्नो स्वकीय सचिव र निजि सचिवालयमा राखिने कर्मचारीलाई समेत नियुक्ति दिएका छैनन् । ज्यातिषीको सल्लाहअनुसार देउवा प्रधानमन्त्री भएको दुईसाता भइसक्दा पनि आफ्नो प्रमुख स्वकीय सचिव नियुक्त नगरेका हुन् । देउवाले सचिवालयमा राख्ने व्यक्तिको पनि नियुक्त गरेका छैनन् । प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयमा भानुसँगै वीरेन्द्र थापा, केशवराज जोशी लगायत आफ्ना विश्वास पात्रलाई राख्ने छन् ।
प्रधानमन्त्री देउवा जिवित नेताहरुमध्ये सबैभन्दा बढी बालुवाटारस्थित सरकारी निवासमा बसेका नेता हुन् । बहुदलीय व्यवस्था तथा राजा वीरेन्द्र र ज्ञानेन्द्रको शासनकालमा तीन पटक प्रधानमन्त्री भएका देउवा यसअघि सरकारी निवास बालुवाटारमा बसिसकेका छन् । देउवा १२ वर्ष ५ महिनापछि सोमबारदेखि सरकारी निवास बालुवाटारको बसाइ गर्दैछन् ।
गणतन्त्र स्थापनापछि सरकारी निवास बालुवाटार छिर्ने देउवा १० औं प्रधानमन्त्री हुन् । दुई सातापछि मात्र प्रधानमन्त्रीलाई बालुवाटार सर्ने साइत जुरेको छ । देउवा सोमबार साँझ ५ बजे अघि सरकारी निवास बालुवाटार प्रवेश गर्नेछन् । बालुवाटार प्रवेश गर्नासाथ प्रधानमन्त्री देउवाले पूजापाठको काम ६ बजे अघि नै गरिसक्ने कार्यतालिका छ ।
नयाँ प्रधानमन्त्री देउवाका लागि सरकारी निवास रंगरोगन तथा मर्मत संहार सुरु गरिएको थियो । मर्मत सम्भारसँगै कोठा सजावटको काम सकिएपनि प्रधानमन्त्री देउवाले ज्योतिषले जुराइदिएको साइत असार ५ गते सोमबार पर्खिएका थिए । ज्योतिषीको सल्लाहकै कारण प्रधानमन्त्रीका सोमबार सर्न लागेको देउवाका स्वकीय सचिवको भनाई छ ।
देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ सरकारी निवास बालुवाटारमा सरसफाइको काम थालिएको थियो । प्रधानमन्त्रीकी पत्नी आरजु राणा देउवाको इच्छा अनुसार नै प्रधानमन्त्रीको सरकारी निवासको मर्मत तथा रंगरोगनको काम थालिएको थियो । देउवा प्रधानमन्त्री हुना साथ पत्नी आरजुले भने अनुसार बालुवाटारको सरकारी निवास सजावटको काम गर्न प्रधानमन्त्री कार्यालयमार्फत निर्देशन दिएकी थिइन् ।