गुल्मीका सात स्थानीय तहमा चुनावी तालमेल

554
views

गुल्मी, ६, असार । गुल्मी जिल्लाका सात स्थानीय तहमा दलहरुबिच चुनावी तालमेल भएको छ । सात तहका पाँच स्थानिय तहमा कांग्रेस माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । एउटा गाउँपालिकामा एमाले र जनमोर्चाकाबीच तालमेल भएको छ र अर्को एउटा गाउँपालिकामा माओवादी केन्द्र र राप्रापाका बिच तालमेल भएको छ ।
कांग्रेस र माओवादी केन्द्रबिच जिल्लाका रुरु गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकामा तालमेल गरिएको काँग्रेस पार्टी कार्यालयले जनाएको छ । मदाने गाउँपालिकामा माओवादी केन्द्र र राप्रपाका विच तालमेल भएको माओवादी केन्द्रका जिल्ला संयोजक बिर बहादुर कार्कीले बताए । जिल्लाको कालिगण्डकी गाउँपालिकामा एमाले र जनमोर्चाले तालमेल गरेका छन् । गुल्मीमा दुई नगर र १० गाउँपालिका गरि १२ स्थानिय तह रहेका छन् ।