कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

938
views

काठमाडौ, १७, कार्तिक । कोरोना संक्रमणबाट चितवन, धादिङ, मोरङ र झापामा एक–एक जना गरी थप चारजनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना र मोरङको विराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिकाका ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनमा हालसम्म कोरोना संक्रमणका कारण ६४ जनाको मृत्यु भइसकेकोे छ ।

त्यस्तै विराटनगरको कोशी अस्पतालमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय पुरुष र नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।