भारतीय सेनाध्यक्ष नरवाणेलाई कालो झण्डा देखाईयो

973
views

काठमाडौं, १९, कात्तिक । भारतीय स्थलगत सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे तीन दिने नेपाल भ्रमणमा छन् । भ्रमणमा रहेका उनलाई २१ राजनीतिक संगठनहरुले माइतीघर मण्डलामा कालो झणडा देखाएका हुन् ।

भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका नरवाणेलाई भारतीय हस्तक्षेप बन्द गर्न र ‘भारतीय सेना कालापानी छोड’को नाराबाजी गरेका छन् ।

प्रर्दशनकारीले राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेपाली सार्वभौमिकतामाथिको हस्तक्षेप बन्द गर, अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर, विस्तारवादी सेनालाई दिइने नेपाली सेनाको महारथीको पदवी खारेज गर, भारतीय सेना कालापानी छोड, भारतीय विस्तारवाद मूर्दावाद लगायतका नाराहरुसहित भएको विरोधमा उत्रिएका थिए ।

विरोध प्रदर्शनलाई नेता लोकनारायण सुवेदीले सम्बोधन गरेका थिए भने नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएमहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत केन्द्रीय सदस्यहरुले संबोधन गरेका थिए ।