चालकसँग १ मिनेट

649
views

पोखरा, २३, कार्तिक । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा एक महिनाका लागि दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएको छ ।

विश्व महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस कोभिड–१९ नियन्त्रणको लागी नेपाल सरकारद्धारा जारी गरिएको लकडाउन खुकुलो भएपछि सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई मध्यनजर राखि सम्भावित सवारी दुर्घटना न्युनिकरणको लागी चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यस कार्यक्रम अन्तरगत सडकमा खटिइको ट्राफिक प्रहरीले सवारी साधनलाई रोक्ने काम गर्छ । सावरी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ । त्यसपछी कोरोना भाईरसबाट बच्नको लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाईकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिनेछन् भने तपाईको यात्रा सुरक्षित रहोस ! नमस्कार ! भनि १ मिनेटभित्र बिदा गर्नेछन् ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्ठहरुले एकै पटक यो कार्यक्रम शुरु गरेको हो ।

यसलाई पहिलो चरणमा १ महिना सम्म संचालन गरिने छ । कोभिड–१९ को संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्युनिकरण होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयल गगनगौडा, कास्कीले जनाएको छ ।