विहार विधान सभा चुनाव : नितिश गठबन्धन अगाडी

1612
views

एजेन्सी, २५, कात्तिक । विहार विधानसभा चुनावको मतगणनामा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वको गठबन्धनलाई झीनो मतको अग्रता हासिल भएको छ । पछिल्लो मतपरिणाम अनुसार नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले एक सय २५ सिटमा अग्रता हासिल गरेको छ ।

नितिशलाई लालु यादवका छोरा तेजस्वी यादवको दल राष्ट्रिय जनता दलसहित कँग्रेस आईको गठबन्धनले कडा चुनौती दिइरहेको छ । मतगणनाको परिणामले कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगर्ने देखिएको छ । सबैभन्दा बढी सिट तेजस्वी यादव नेतृत्वको दल राष्ट्रिय जनता दलले हासिल गर्ने प्रारम्भिक मतगणनाबाट देखिएको छ ।

नितिशले भाजपाको समर्थनमा पुनः मुख्यमन्त्री हुने सम्भावना बलियो भएको छ । तर, तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलले कडा चुनौती दिएबाट अवस्था बदलिने सम्भावना नकार्न सकिदैन ।

कोरोना भाइरसको महामारीका बाबजुद विहारमा विधानसभा चुनाव भएको हो । यो चुनावलाई सत्तारुढ भाजपाको कोरोना भाइरसको महामारीपछिको परीक्षाका रुपमा समेत हेरिएको छ ।