उपाधिका लागि मुम्बई र दिल्ली भिड्ने

472
views

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १३ औं संस्करणको उपाधिका लागि आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स आमने सामने हुँदै छन् ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने उपाधिका लागि मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा पुग्दा दिल्लीले भने दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बईसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

मुम्बई पाँचौं पटक उपाधि जित्ने लक्ष्यमा हुँदा आईपीएलको इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली पनि उपाधि जित्ने मौका गुमाउने पक्षमा छैन् ।

यी दुई टिम शीर्ष २ मा रहँदै क्वालिफायरमा प्रतिस्पर्धा गरेका थिए । जारी सिजनमा मुम्बईले १५ मध्ये १० म्याच जितेको थियो भने दिल्लीले खेलेका १६ मध्ये ९ म्याच जित्न सफल भयो ।

उता, पछिल्ला १२ संस्करणमा त्यति राम्रो प्रदर्शन गर्न नसकेको दिल्ली पहिलो पटक फाइनलमा पुगेको छ ।

यो सिजनमा दिल्ली र मुम्बई तीन पटक भिड्दा तीनै पटक दिल्ली पराजय भएको थियो । एजेन्सी