कोरोना त्रासबीच छठ पर्व सुरु, बजारमा भीड बढ्यो

788
views

राजविराज, ३, मंसिर । कोरोना महामारीको त्रासका बीच तराईमा छठ पर्व सुरु भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व आजबाट शुरु भएको हो । छठ पर्व बिहीबार खरना, शुक्रबार सझिया घाट र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुनेछ ।

कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले छठ पर्वमा बढी भिडभाड नगर्न तथा घरमै मनाउन एक सूचनामार्फत सबैसँग अपिल गरेको छ । तर धर्मालम्बीहरुले भने विभिन्न ठाउँका जलासयमा छठ पर्वका लागि सरसफाई, घाँट बनाउने र सजाइएको छ ।

बजारमा छठी मईयाको महिमा समेटिएको गित गुन्जिन थालेको छ भने छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया तथा बजारतर्फ भिड लागेका छन् । ग्रामीण क्षेत्रका बजारमा समेत चहलपहल निकै बढेको छ । स्थानीयले भने जलाशय किनारमै पर्व मनाउने भन्दै अधिकांश ब्रतालु आर्फ घाटको सरसफाई गरेका छन् ।

स्थानीयवासी रामभजन देवले कोरोना जोखिमलाई सजगता पनाउँदै छठ पर्व जलाशय किनारमै मनाउने परम्परालाई निरन्तरता दिएको बताए ।