सुडानमा नेपाली सेनाले रोक्यो जातीय हिंसा

928
views

काठमााडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको श्री कालिध्वज गण अन्तर्गतको अस्थाई अपरेटिङ बेसको टोलीले त्यहाँका स्थानिय बासिन्दाहरुलाई सम्भावित ठुलो जातिय हिंसाबाट जोगाएको छ ।

गण हे.क्वा. तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० कि.मि. उत्तर पश्चिममा अवस्थित क्युबेईत ईलाका नजिकै रहेको गाई शिविरमा चोरी गर्न आएको भनिएको कंगोर जातीको एक ब्यक्तिको झडपमा मृत्यु भएको घटनाले कंगोर तथा आइएल जातिका मानिसहरुबीच हिंसाको रुप लिएको थियो ।

हिंसा भड्कीनसक्ने खबर पाएपछि सह–सेनानी विज्ञान बिष्टको कमाण्डमा नफ्रिमा द्रुत प्रतिक्रिया बलले दुई पक्षबीच हुनै लागेको झडप जोगाएको हो ।

अहिले उक्त टोलीले त्यहाँस्थित बिभिन्न जातिय समुदायहरुबीच शान्ति कायम गराउने कार्य शुरु गरेको थियो ।

जातिय द्वन्दका कारण नरसंहारबाट गुज्रेको उक्त मूलुकमा नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानलाई संयूक्त राष्ट्र संघले उच्च प्रशंसा गरेको छ ।