नगरप्रमुख शर्माले गरे फलेवास अस्पतालको शिलन्यास

628
views

पर्वत, १५, मंसिर । अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास कार्यक्रम अन्र्तगत पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिलन्यास गरेका छन् ।

सरकारले आज ३९६ वटा स्थानीय तहमा एकै पटक अस्पतालको शिलान्यास गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालका सातवटै प्रदेशका ३९६ स्थानीय तहमा अस्पतालको भवन निर्माणका लागि यो वर्ष मात्रै नेपाल सरकारले ६ अर्ब १२ करोड २६ लाख बजेट निकासा गरेको छ ।