चितवनमा राजावादीको शक्ति प्रदर्शन

राज आऊ देश बचाऊ र संघीयता खारेजीको माग

643
views

चितवन, २०, मंसिर । राजावादीहरुले आज रचितवनमा शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डा बोकेर राजतन्त्रको पक्षमा प्रदर्शन गरेका उनीहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।

चितवनको भरतपुरमा राजसंस्थाको पूनः स्थापनाको माग गरिरहेका राजवादीहरुले मुलुकमा राजनीतिक विसंगती मौलाएको भन्दै राजन्त्रबिना मुलुकको समृद्धि नहुने नाराबाजी गरेका थिए ।

केन्द्रीय बस टर्मिनलबाट सुरु भएको ¥याली हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रीय बसपार्कमा पुगेर सभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागी सबैले नेपालको राष्ट्रिय झण्डा बोकेर थिए ।

प्रदर्शनमा उत्रिएकाले राजाआऊ देश बचाउका नारा लगाइएको थियो । वीर गोरखाली नामको संस्थाले आयोजना गरेको प्रदर्शनमा साइकल, मोटरसाइकलको प्रयोग गरेका थिए । ठूलो संख्यामा देखिएको प्रदर्शनमा गणतन्त्रको चर्को विरोधका साथै संघीयता खारेजीको माग समेत गरेका थिए ।