नेकपा स्थायी कमिटीको बैठक आज

363
views

काठमाडौं, २१, मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टीभित्र उत्पन्न संट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि सचिवालयमा सहमति नजुटेपछि स्थायी कमिटीको बैठक बोलाइएको थियो । स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि तय गरिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिए ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग अलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ ।