डोटीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

438
views

डोटी, २१, मंसिर । डोटीको बोटगान फुड्सिल गाँउपालिकामा मे १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा दुई सरकारी कर्मचारीसहित तीन जनाको मृत्यु भएको छ ।डोटीको दिपायलबाट चवराचौताराका लागि छुटेको जिप दुर्घटनामा पाँच जना घाइते भएका छन् । जीप चवराचौतारा गाउँपालिकाको वडा नं ७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पीर बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा वडा सचिव २८ वर्षीय नायबसुब्बा मञ्जु त्रिपाठी र उनकी सासूआमाको मृत्यु भएको हो । त्यस्तै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृषि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

घाइते हुनेहरूमा मृतक त्रिपाठीकी ३ वर्षीय छोरा, ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी तथा उनकी श्रीमती खेमा गिरी रहेका छन्। त्यस्तै खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम घाइते भएका हुन् ।