एसियाली देशहरुमा कोरोनाविरुद्धको खोप तत्काल नआउनेःडब्ल्यूएचओ

513
views

एजेन्सी। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एसियाली देशहरुमा कोरोनाविरुद्धको खोप तत्काल नआउने बताएको छ ।

खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले एसियामा तत्काल खोप पाउने सम्भावना नरहेको बताउँदै ६ महिनादेखि एक वर्षसम्म अझै कुर्नपर्ने संगठनले बताएको हो ।

त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ(ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताए ।