एकअर्कामाथि करबाही गर्दै ओली र प्रचण्ड

527
views

काठमाडौं, ७, पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार केन्द्रीय कमिटि बैठक डाकेका छन् । आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बैठक डाकेका छन् । यी दुई बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

आज प्रचण्ड माधव पक्षीय केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको औपचारिक निर्णय गरी घोषणा गर्दैछ । यसअघि अनुशासन कमिटीले ओलीमाथि कारबाहीको सिफारिश गरेको थियो । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा यो प्रस्ताव लगिदैछ ।

आजको बैठकले प्रधानमन्त्री ओलीमाथि कारबाहीको औपचारिक निर्णय गर्ने बुझिएको छ । संसद बिघटन गराएको भन्दै ओलीलाई पार्टी अध्यक्ष र केन्द्रीय कमिटी समेतबाट हटाउने तयारी प्रचण्ड माधव पक्षले गरेको छ ।

ओली पक्षले पनि नेकपाका अर्का अध्यक्ष प्रचण्डमाथि कारबाहीको तयारी गरेको बुझिएको छ । यसरी एक अर्कामाथि दुवै पक्षले कारबाहीको निर्णय गर्ने भएका हुन् । पार्टी कमिटीमा ओली पक्ष अल्पमतमा छ । प्रचण्ड र माधव पक्ष अल्पमतमा छ । रिर्पोर्टस नेपालबाट