संसदीय दलको नेतामा प्रचण्ड चयन

481
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड) चयन भएका छन् ।

ओलीलाई कार्वाही गरेपछि प्रचण्ड सो समुहको संसदीय दलको नेतामा चयन भएका हुन । संघीय संसद भवन बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको बैठक बसेको थियो ।

बैठकमा ९० बढी सांसद सहभागी भएका थिए । प्रतिनिधि सभामा नेकपा सांसदको संख्या १ सय ७४ जना छ ।