नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

533
views

जनकपुरधाम, १७, पुस । प्रदेश २ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

दाहाल–नेपाल समूहका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव दर्ता गराइएको छ ।

नेकपाका सांसद शत्रुधन महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

संसदीय दलको नेतामाथि अविश्वास प्रस्तावका लागि एक चौथाइ प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दलको उपनेतालाई बुझाउनुपर्ने विधान अनुरुप बुधबार नै अविश्वास प्रस्ताव दर्ता गराइएको महतोले जनाए ।