सुर्खेतमा दिनहुँ सवारी साधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती

518
views

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दिनहुँ सवारी साधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ ।

वीरेन्द्रनगरको मुख्य बजारमा सवारी साधन पार्क गर्ने पार्किङ स्थल नहुँदा सडकको दुबै ठाउँमा पार्किङ बढीरहेको सवारी चापले ट्राफिक व्यावस्थापनमा चुनौति देखिएको हो ।
वीरेन्द्रनगर बजार क्षेत्रका बैंक, होटेल र पसलहरुमा अव्यवस्थितरुपमा सवारी साधनको पार्किङ गरिएको पाइन्छ ।

दिनहुँ बढीरहेको सवारीको चाप अनुसार स्थानीय तथा प्रदेश सरकारले उचित व्यवस्थापन नगर्दा समस्या भएको नागरिकहरुले गुनासो गरेका छन् ।

‘दिनहुँ बढीरहेको सवारीको चाप अनुसार स्थानीय तथा प्रदेश सरकारले यसको उचित व्यवस्थापन गर्न सकेो छैन,’ वीरेन्द्रनगर–६ का चन्द्र कुमार गिरीले भने, ‘बजार क्षेत्रमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म पार्किङ् स्थल नहुँदा बजार क्षेत्रका सडकका दुबै साइडतिर पार्किङ भएपछि बाटो क्रस गर्ने ठाउँसम्म हुँदैन ।’

अबको दुई वर्षसम्म पनि यस्तै अवस्था आए अव्यवस्थित सवारी साधनकै कारण बजार क्षेत्रमा व्यापार व्यवसाय गर्न नसकिने वीरेन्द्रनगर –६ कै अर्का व्यापारी रमेश न्यौपानेले बताए ।

सडकका छेउ–छाउमा केही सामान किन्न पार्किङ गरेपछि ट्राफिकले जरिवाना तिराउने गरेको वीरेन्द्रनगर बस्दै आएका दैलेखका विवेक थापाले गुनासो गरे ।

‘अव्यवस्थित ठाउँमा पार्किङ गर्दा दुर्घटना बढ्ने सम्भावना पनि त्यतिकै छ, तर यसको व्यवस्थापनको लागि नत वीरेन्द्रनगर नगरपालिका नत प्रदेश सरकारले चासो देखाएको छ ।
सरोकारवालाले उचित ठाउँमा जग्गा खोजेर पार्किङ स्थल बनाउई व्यवस्थापन गर्नुपर्ने इलेक्ट्रोनिक्स व्यापारि रवी लामिछानेलेको भनाई छ ।
,अव्यवस्थित पार्किङले बजारको सौन्दर्यलाई कुरुप बनाउनुका साथै पसलमा आउने ग्राहकलाई समेत प्रहरी प्रशासनबाट सास्ती हुने गरेको व्यापारीहरुको गुनासो छ ।
अव्यवस्थित पार्किङले दुर्घटना बढ्दै गएको र सवारी व्यवस्थापन बारे सबै तहका सरकारले सोच्न नसक्दा आफुहरुलाई समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्र प्रसाद आचार्यले बताए ।

नगरपालिका भित्रका बाटोहरुको निर्माण कार्य सम्पन्न भएपश्चात नगरपालिका भित्रको सवारी व्यवस्थापनलाई थप व्यवस्थित बनाइने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको दाबी छ ।