संसद विघटनविरुद्ध काँग्रेसको विरोध कार्यक्रम सार्वजनिक

580
views

काठमाडौं, १९, पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने भएको छ ।

काँग्रेसले पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा, माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते ६७४३ वटै वडामा विरोध प्रदर्शन गर्ने जनाएको छ  ।