ओली र दरबारीयाहरुको मुद्दा एउटै हो–योगेश भट्टराई

661
views

काठमाडौं, १०, माघ । । प्रचण्ड–माधव समुहका नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान मन नपरेको बताएका छन् ।

शनिबार माक्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई संविधान मन नपरेको र त्यसमा संशोधनका लागि दुईतिहाइ मत मागेको बताए ।

भट्टराईले अहिलेको लडाइ संविधानको रक्षाका लागि भएको पनि स्पष्ट पार्दै भने, ‘संविधान के हो ? किन धेरै लगाब छ ? यस अघि पनि संविधान थिए । ती संविधान धेरै नराम्रा पनि थिएनन् । तर यो संविधानमा धेरै लगाब किन छ भने यसका निर्माता हामी हौं । यस संविधानमा कम्युनिष्ट घोषणा पत्रका अधिकांस विषय समेटिएका छन् । यो हामीले जन्माएको संविधान हो ।’

उनले अहिले प्रधानमन्त्रीले बोकेका मुद्दा प्रतिगामी र दरबारीयाहरुले बोक्ने मुद्दा भएको उनको आरोप थियो ।