क्रान्तिकारी माओवादीद्धारा मंगलबार सुर्खेतमा कार्टुन प्रर्दशन

699
views

सुर्खेत ।  नेकपा (क्रान्तिकारी माओवादी)ले मंगलबार सुर्खेतमा कार्टुन प्रदशनी गरेको छ ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरनरपालिका -१ को बाङ्गेसिमल टेम्पोपार्कमा नेकपा (क्रान्तिकारी माओवादी)ले कोण सभा संङ्गै काटुन प्रदर्शन गर्दै विरोध सभा सम्पन्न गरेको हो ।

सभामा वोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले प्रतिक्रियावादी दलाल, विस्तारवादी, संसोधनवादी र साम्राज्यवादी शक्तिहरुले क्रान्तिकारीहरुको एकता र धुर्विकरणलाई भाँड्न विभिन्न खाले जाल झेल र षड्यन्त्रका तानाबाना वुन्दै गएका छन् ।,

‘ त्यो अवस्थामा, रणनीतिक मोर्चाको रक्षा गर्दै, अघि वढ्नु पर्ने र अहिलेको दलाल संसदीय प्रतिक्रियावादी लोकतानित्रक व्यवस्थाको आयु सकिएको छ ।, ‘अवको सही विकल्पमा संघिय जनवादी व्यवस्था मात्र यसको विकल्प हुने जिकिर गर्दै शाही भने,‘लोकतान्त्रिक व्यवस्थाबाट समाजवाद आउने भएको भए संयुक्त राज्य अमेरिकामा आजभनदा धेरै पहिले समाजवाद आइसक्थयो ।,

त्यस्तै कोण सभालाई सम्वोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का दैलेख जिल्ला पार्टि सचिव विरेन्द्र सिंहले भने,‘अब दलाल लोकतान्त्रिक प्रतिक्रियावादी संसदिय व्यवस्थाका दिन सकिएको बताएका छन् ।

‘अहिलेका सरकारि कम्युष्टि पार्टिका नेताहरु लोकतन्त्रबाट समाजवाद आउछ भनेर हिडेको सुन्दा अचम्म लाग्छ ।,
प्रतिक्रियावादीका दिनहरु सकिएको र धेरै कुराहरु कार्टुनले नै स्पस्ट भएको सिंहले बताए ।

कोण सभामा नेकपा(क्रन्तिकारी माओवादी)का सुर्खेतका पार्टि सचिव श्याम कार्कि,देजमो नेपालका पुर्ण पौडेल र प्रदेश कमिटि सदस्य नारायण न्यौपानेले सम्बोधन गरेका थिय ।