वर्तमान राजनीतिक परिस्थितिले चिन्तित बनाएको राष्ट्रपतिको भनाई

674
views

काठमाडौं । सर्वदलीय बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक परिस्थितिले आफूलाई चिन्तित बनाएको बताएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले दलहरुलाई मिलेर राजनीतिक समस्याको समाधान गर्नसमेत आग्रह गरेकी छन् । सत्ता समीकरणको विषयमा दलहरुबीच चरणबद्ध रुपमा छलफल भइरहेको समयमा राष्ट्रपति भण्डारीले सर्वदलिय बैठक गरेकी हुन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेताहरु सहभागी भएका । राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिईन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले चुनावको प्रसंग निकालेपछि त्यही आरोप–प्रत्यारोप भएको छ । प्रधानमन्त्री ओलीले चुनावको कुरा निकालेपछि नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए । बैठकमा सबैलाई निम्ता गरिएको भए पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएनन् ।

संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।