रुपन्देहीको शुद्धोधन–१ मा फोरम र सम्मरीमाई–१ मा कांग्रेस विजयी

651
views

रुपन्देही, १५, असार । रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट फोरम नेपालले खाता खोलेको छ । शुद्धोधन गाउँपालिका–१ बाट नयाँ शक्ति र फोरम नेपालको तर्फबाट संयुक्त उम्मेदवार फोरमका उदयराज गडरिया विजयी भएका हुन् । उनले ८४९ मत पाउँदै विजयी बनेको निर्वाचन अधिकृत शम्भु प्रसाद रेग्मीले जानकारी दिए । यसैबीच रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको वडानम्बर १ को अध्यक्षमा कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेदवार शिवकुमार यादवले ७५६ मतसहित विजयी भएको निर्वाचन अधिकृत कमलदास पन्थीले जानकारी दिए ।